Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, खोटाङ्ग

इलाका प्रशासन कार्यालय, खोटाङबजार, खोटाङ

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, खोटाङ्ग

इलाका प्रशासन कार्यालय, खोटाङबजार, खोटाङ

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

नयाँ नागरिकता(वंशज)

लाग्ने समय

कागजात/प्रक्रिया पुगेर आएको भए त्यसै दिन । 

शुल्क

रु. १०।-  को टिकट

जिम्मेवार कर्मचारी/शाखा
गुनासो सुन्ने अधिकारी
१. स्थानीय निकायको सिफारिस सहितको अनुसूची -१

२. जन्मदर्ता / जन्म प्रमाणित

३. बुबा र आमाको नागरिकताको प्रमाणपत्र

४. शैक्षिक प्रमाणपत्र

५. आवश्यकता अनुसार वडा सर्जमिन, प्रहरी सर्जमिन, नाता प्रमाणित, बसाइसराई दर्ता प्रमाण पत्र वा अन्य प्रमाणित तथा सिफारीसहरु 

६. अन्य जिल्लाको ना.प्र.प. पेश भएको भए अभिलेख रुजु हुनुपर्ने । 

७. २ प्रति फोटो (फोटो वडा कार्यालयबाट अनुसूचीमा टाँस गरी प्रमाणित गरेको जस्तै हुनुपर्ने)

विवाहित महिलाको हकमा  थप

१. विवाहदर्ता / विवाह प्रमाणित 

२. पतिको नागरिकता प्रमाणपत्र 

३. अन्य जिल्लाका विवाहित महिलाको हकमा निजको वंशज खुल्ने बाबु वा आमा वा दाजू वा भाईको ना.प्र.प. अभिलेख रुजु हुनु पर्ने । 

१. कागजात रुजू , नागरिकताको अभिलेख बुझ्नुपर्ने भए अभिलेख रुजु हुनुपर्ने । 

२. सनाखत 

३. कार्यालय प्रमुखबाट निर्णय तथा  सदर 

४. कम्प्युटर शाखा

५. अभिलेख उतार

६. कार्यालय प्रमुखबाट प्रमाणित 

७. छाप तथा होलोग्राम 

2

नागरिकता प्रतिलिपी

लाग्ने समय

प्रक्रिया पुगेर आएको भए सोही दिन । 

शुल्क

रु. १५।-  को हुलाक टिकट । 

जिम्मेवार कर्मचारी/शाखा
गुनासो सुन्ने अधिकारी
१. स्थानीय निकायको सिफारिस सहित अनुसूची फारम 

२. नागरिकताको प्रमाण

३. आवश्यक परेमा वडा सर्जमिन, प्रहरी सर्जमिन वा किटानी सिफारिस/प्रमाणित 

पतिको नाम, थर , वतन कायम गरी प्रतिलिपी लिन  थप संलग्न गर्नुपर्ने 

१. विवाह दर्ता प्रमाण-पत्र/ विवाह प्रमाणित 

२.  किटानी सिफारिस 

३. सनाखत गर्ने व्यक्ति र नागरिकता प्रमाण पत्र 

पतिको नाम, थर , वतन हटाई प्रतिलिपी लिन  थप संलग्न गर्नुपर्ने 

१. अदालतको फैसला 

२. सम्बन्ध विच्छेदको प्रमाणपत्र 

३. सनाखत गर्ने व्यक्ति र नागरिकता प्रमाण पत्र 

पहिलो पतिको नाम, थर , वतन हटाई दोस्रो पतिको नाम, थर , वतन कायम गरी प्रतिलिपी लिन  थप संलग्न गर्नुपर्ने 

१. पहिलो पति सँगको सम्बन्ध विच्छेद भएको अदालतको फैसला 

२. सम्बन्ध विच्छेदको प्रमाणपत्र 

३. दोस्रो पतिसँगको विवाह दर्ता प्रमाण-पत्र

४. पतिको नागरिकता प्रमाण पत्र

५. सनाखत गर्ने व्यक्ति र नागरिकता प्रमाण पत्र 

१. शाखाबाट कागजात रुजु, निर्णय तथा टिप्पणि तयार गरी पेश गर्ने ( अन्तर जिल्ला नागरिकता भए अभिलेख रुजु हुनुपर्ने)

२. कार्यालय प्रमुखबाट निर्णय तथा सदर 

३. अभिलेखमा जनाउने / अभिलेख तयार गर्ने

४.  कम्प्युटर शाखा

५. कार्यालय प्रमुखबाट प्रमाणित 

६. छाप तथा होलोग्राम 

3

नावालक परिचयपत्र

लाग्ने समय

कागजात मिलेर आए सोही दिन ।

शुल्क

रु. १०।- को हुलाक टिकट । 

जिम्मेवार कर्मचारी/शाखा
गुनासो सुन्ने अधिकारी
१. वडा कार्यालयको सिफारिस

२. बुबा/ आमाको सक्कल नागरिकता प्र.प. र सो को फोटोकपी १/१ प्रति 

३. जन्मदर्ता प्रमाणपत्र 

४. बाबु आमाको विवाहदर्ता प्र.प. 

५. सनाखत गर्ने व्यक्ति र निजको  सक्कल ना.प्र.प/फोटोकपी १ प्रति 

६. आवश्यकता अनुसार नाता प्रमाणित 

७. ५ प्रति फोटो 

८. सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने 

कागजात रुजु - सम्बन्धित शाखाबाट

सनाखत गराउने - सम्बन्धित शाखाबाट

निर्णय/सदर - कार्यालय प्रमुखबाट

परिचयपत्र प्रिन्ट - कम्प्युटर शाखाबाट

अभिलेख तयार - सम्बन्धित शाखाबाट

प्रमाणित - कार्यालय प्रमुखबाट

छाप लगाउने - दर्ता चलानी वा सम्बन्धित शाखाबाट 

4

प्रशासन तथा अन्य सेवा

लाग्ने समय

सबै कागजात तथा प्रक्रिया पुगेर आए सोही दिन । 

शुल्क

संघ संस्था नविकरणका लागि 

श्रावण देखी असोज मसान्त सम्म - रु. ५००।-(नविकरण दस्तुर)

कार्तिक देखि पुष मसान्त सम्म - जरिवाना रु.१००।- समेत रु. ६५०।- 

माघ देखि असार मसान्त सम्म - जरिवाना रु.२५०।- समेत रु. ७५०।- 

प्रत्येक वर्षको लागि जरिवाना रु. १०००।- समेत रु. १५००।-

जिम्मेवार कर्मचारी/शाखा
गुनासो सुन्ने अधिकारी
आदिवासी जनजाती, दलित, मधेसी आदि प्रमाणित 

१. नेपाली नागरिकताको प्रमाण पत्र 

२. सम्वन्धित वडा कार्यालयको सिफारिस 

३. निवेदन

४. शैक्षिक योग्यताको प्रमाण पत्र

विवाह दर्ता प्रमाण पत्र, बसाईसराई प्रमाणपत्र आदि आवश्यकता अनुसार समावेश गर्ने । 

फरक नाम, थर, जन्ममिति, आदि प्रमाणित

१. नागरिकता प्रमाणपत्र 

२. जुन जुन कागजातमा फरक परेकाे हाे ति कागजातकाे फाेटाेकपी

३. निवेदन

४. वडा कार्यालयकाे सिफारिस पत्र 

संघ संस्था नविकरण 

१. सम्बन्धित संस्थाको नविकरण गर्ने सम्बन्धी पत्र वा निवेदन 

२. गाउँपालिका वा नगरपालिकाको सिफारिस पत्र 

३. लेखा परीक्षण प्रतिवेदन सक्कलै 

४. साधारण सभा वा आमभेलाको निर्णय

५. वार्षिक कार्यप्रगति प्रतिवेदन

६. घरभाडामा लिएको भए सम्झौता पत्र, घरधनीको ना.प्र.प र ज.ध. प्रमाणपूर्जा 

७. संस्था दर्ताको प्रमाण पत्र / फोटोकपी -१

८. कार्यसमितिका पदाधिकारी तथा सदस्यको  नामावली, परिवर्तन भएको भए नागरिकता प्रमाण पत्र 

९. कर चुक्ताको प्रमाण पत्र 

१०. स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र 
पछिल्लो अपडेट गरिएको : 2081-06-02 10:29:27

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, खोटाङबजार, खोटाङ .