Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, खोटाङ्ग

इलाका प्रशासन कार्यालय, खोटाङबजार, खोटाङ

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, खोटाङ्ग

इलाका प्रशासन कार्यालय, खोटाङबजार, खोटाङ

न्यून व्यान्डविथ Invert Color A- A A+

नयाँ नागरिकता(वंशज)

शुल्क

रु. १०।-  को टिकट



लाग्ने समय

कागजात/प्रक्रिया पुगेर आएको भए त्यसै दिन । 

कागजातहरु

१. स्थानीय निकायको सिफारिस सहितको अनुसूची -१

२. जन्मदर्ता / जन्म प्रमाणित

३. बुबा र आमाको नागरिकताको प्रमाणपत्र

४. शैक्षिक प्रमाणपत्र

५. आवश्यकता अनुसार वडा सर्जमिन, प्रहरी सर्जमिन, नाता प्रमाणित, बसाइसराई दर्ता प्रमाण पत्र वा अन्य प्रमाणित तथा सिफारीसहरु 

६. अन्य जिल्लाको ना.प्र.प. पेश भएको भए अभिलेख रुजु हुनुपर्ने । 

७. २ प्रति फोटो (फोटो वडा कार्यालयबाट अनुसूचीमा टाँस गरी प्रमाणित गरेको जस्तै हुनुपर्ने)

विवाहित महिलाको हकमा  थप

१. विवाहदर्ता / विवाह प्रमाणित 

२. पतिको नागरिकता प्रमाणपत्र 

३. अन्य जिल्लाका विवाहित महिलाको हकमा निजको वंशज खुल्ने बाबु वा आमा वा दाजू वा भाईको ना.प्र.प. अभिलेख रुजु हुनु पर्ने । 



प्रक्रियाहरु

१. कागजात रुजू , नागरिकताको अभिलेख बुझ्नुपर्ने भए अभिलेख रुजु हुनुपर्ने । 

२. सनाखत 

३. कार्यालय प्रमुखबाट निर्णय तथा  सदर 

४. कम्प्युटर शाखा

५. अभिलेख उतार

६. कार्यालय प्रमुखबाट प्रमाणित 

७. छाप तथा होलोग्राम 

पछिल्लो अपडेट गरिएको : 2081-06-02 10:29:27

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, खोटाङबजार, खोटाङ .